राष्ट्रसेवक
  • ११ साउन २०८१
  • नक्कली नागरिकता प्रकरणमा उपमेयर यादवलाई तीन दिन थुनामा राख्ने अनुमति 


    • राष्ट्रसेवक
    •    
    • July 6, 2023

  • काठमाडौँ । जिल्ला अदालत सप्तरीले डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिराकुमारी यादवलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । 

    यादवलाई तीन दिन थुनामा राखी अनुसन्धान गर्न बिहीबार प्रहरीलाई म्याद दिएको हो । नागरिकतासम्बन्धी कसुरमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । 

    त्यसको भोलिपल्ट प्रहरीले म्याद थपका लागि उनलाई अदालत पेश गरेको थियो । उनका पति महेन्द्रकुमार यादव भने फरार भएका छन् । नागरिकतासम्बन्धी कसुरमा मङ्गलवार दुवैजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

  • ताजा समाचार