राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ललिता निवास प्रकरणमा ५ पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • July 7, 2023

  • काठमाडौँ । ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सरकारी जग्गा व्यक्तिका नाममा लैजाने गरी भएका निर्णयमा संलग्न रहेको भन्दै तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध प्रहरीले अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाएको हो ।

    १७ पूर्व सहसचिवसहितका कर्मचारी ललिता निवास जग्गा हिनामिना प्रकरणमा जोडिएका छन् । एक प्रहरी अधिकारीका अनुसार उनीहरूविरुद्ध पनि यसअघि नै पक्राउ पुर्जी लिई सकिएको छ । जसमध्येका एक पूर्व सहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् भने अदालतबाट अन्तरिम आदेश लिएकाले तत्कालीन सहसचिव कलाधर देउजालाई कागज गराएर छाडिएको छ । बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • ताजा समाचार