राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एलओडीका अर्का सञ्चालक पनि पक्राउ


    • राष्ट्रसेवक
    •    
    • July 7, 2023

  • काठमाडौँ– काठमाडौँको ठमेलमा सञ्चालित चर्चित नाइट क्लब एलओडीका रुदिल बल्लव श्रेष्ठ पनि पक्राउ परेका छन् ।

    नाबालिगलाई क्लबमा प्रवेश गराएको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । यसअघि बिहीबार सोही क्लबका अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परेका थिए ।

    ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर ललितपुर प्रहरी परिसरले उनीहरूलाई पक्राउ गरेको हो ।

    जेठ ३१ गते एलओडीमा छिरेकी १६ वर्षीया बालिका सानेपामा बलात्कृत भएकी थिइन् । सोही घटनाले एलओडीका सञ्चालकद्वय श्रेष्ठ र सुवाललाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउन प्रहरीले पक्राउ गरेको हो ।

    उनीहरूविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ उल्लंघन गरेको आरोपमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

  • ताजा समाचार