राष्ट्रसेवक
  • ११ वैशाख २०८१
  • पाकिस्तानमा भीषण बाढीपहिरो, ६७ जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • July 8, 2023

  • एजेन्सी – पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार पाकिस्तानमा प्रि–मनसुन सुरु भएयता वर्षाका कारण भएका छुट्टाछुट्टै दुर्घटनामा परी ६७ जनाको मृत्यु हुनुका साथै १२५ जना घाइते भएका छन् ।

    देशको पूर्वी पञ्जाब प्रान्तमा वर्षाका कारण सबैभन्दा बढी ४३ जनाको मृत्यु हुनुका साथै ८२ जना घाइते भएको र प्रान्तीय राजधानी लाहोरसहित प्रान्तमा आएको भारी वर्षाका कारण ३१ घर पनि भत्किएको एनडीएमएले जनाएको छ ।

    लाहोरका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले ‘अहिलेसम्मकै उच्च’ मानिएको लाहोरको वर्षाका कारण सहरको नगर क्षेत्रमा बाढी आएको र धेरै क्षेत्र जलमग्न भएका थिए र घण्टौंसम्म सडक यातायात अवरुद्ध भएको थियो ।

    पानी तथा सरसफाई निकायले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जुलाई ४ मा शहरका केही भागमा २९१ मिलिमिटरसम्म वर्षा भएको थियो ।

    बर्षा र डुबानका कारण नगर क्षेत्रमा केही घर भत्किएका थिए ।
    लाहोरका आयुक्त मोहम्मद अली रन्धावाले विगत ३० वर्षदेखि शहरमा यति ठूलो वर्षा नभएको बताउनुभएको छ ।

    देशको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा वर्षासँग सम्बन्धित छुट्टाछुट्टै दुर्घटनामा परी १८ जनाको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते भएका छन् ।

    मुसलधारे वर्षाका कारण ४४ घरमा क्षति पुगेको छ भने १४ पशुचौपाया मरेका छन् ।

    दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा पाँच जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन् भने पाकिस्तान प्रशासित काश्मिरमा एक जनाको मृत्यु भएको छ ।

    पाकिस्तानको मौसम विज्ञान विभागका अनुसार खैबर पख्तुनख्वाका केही क्षेत्रका पहाडी धारमा अझै आकस्मिक बर्षा हुने र बाढी आउने अनुमान गरिएको छ भने जुलाई ९ मा देशका दुई नदीमा अत्यधिक धेरै बाढी आउने अनुमान गरिएको छ ।

     

  • ताजा समाचार