राष्ट्रसेवक
  • ११ साउन २०८१
  • संसद्‌ अवरोधबारे प्रचण्ड, देउवा र ओलीबीच छलफल


    • राष्ट्रसेवक
    •    
    • July 9, 2023

  • काठमाडौँ । संसद्‌मा जारी अवरोध खुलाउने प्रयत्नस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ।

    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा केही बेरअघिदेखि छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    गत असार १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर नेकपा एमालेले राष्ट्रिय सभा र प्रतिनिधि सभा अवरोध गर्दै आएको छ। उसले प्रधानमन्त्रीबाट स्पष्टीकरण नभई राजीनामा नै आउनुपर्ने बताएको छ।

    केही दिनदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक एमालेको अवरोधका कारण स्थगित हुँदै आएको छ।

    शनिबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सचेतकहरूसँग छलफल गरेका थिए। त्यस्तै, सभामुख देवराज घिमिरेले पनि सहमति खोज्न दलहरुलाई भनेका छन्।

  • ताजा समाचार