राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्रीको आग्रहमा संसद बैठक ३ बजेका लागि सारियो, शीर्ष नेता छलफलमा


    • राष्ट्रसेवक
    •    
    • July 9, 2023

  • काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारिएको छ ।

    प्रधानमन्त्रीको आग्रहमा सभामुख घिमिरेले बैठक ३ बजे बस्नेगरी सारेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

    संघीय संसदका दुवै सदनमा केही दिनदेखि जारी अवरोध हटाउने विषयमा अहिले सिंहदरबारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल जारी रहेकाले बैठक २ घण्टा पछिका लागि साएिको हो ।

    गत असार १८ गते प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको किताब विमोचनमा दिएको अभिव्यक्तिप्रति एमालेले असन्तुष्टी जनाउँदै प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गरिरहेको छ ।

  • ताजा समाचार