राष्ट्रसेवक
  • ०४ साउन २०८१
  • काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन


    • राष्ट्रसेवक
    •    
    • July 11, 2023

  • काठमाडौँ । सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ।

    जिल्लाको सुर्केबाट काठमाडौँका लागि मङ्गलवार बिहान उडेको हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

    उक्त हेलिकोप्टरमा पाँच जना विदेशी र एक जना पाइलटसहित ६ जना सम्पर्कविहीन भएको त्रिभुवन अन्तर्राष्टिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

    प्रवक्ता सिटौलाका अनुसार ९-एनए-एमभी कलसाइन भएको हेलिकोप्टर बिहान करिब १०:१५ मिनेटपछि सम्पर्कविहीन भएको हो।

    चेत गुरुङले उडाएको उक्त हेलिकोप्टरको खोजी कार्य जारी छ।

  • ताजा समाचार