राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त,५ जनाको शव फेला


    • राष्ट्रसेवक
    •    
    • July 11, 2023

  • काठमाडौँ– सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

    मनाङ एयरको ९एनए–एमभी कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

    सुर्केबाट आज बिहान १० बजे काठमाडौँका लागि उडेको हेलिकप्टर सवा १० बजे लाम्जुरापास क्षेत्रबाट सम्पर्कविहीन भएको थियो।

    हेलिकोप्टरमा चालकसहित ६ जना रहेकोमा अहिलेसम्म ५ वटा शब भेटिएको छ । उनीहरुको पहिचान खुलेको छैन । हेलिकोप्टरमा पाँच मेक्सिकन नागरिक र नेपाली चालक रहेका थिए ।

    प्रहरीले घटनास्थलमा पुगेर उद्धारको काम सुरु गरिसकेको छ ।

  • ताजा समाचार