राष्ट्रसेवक
  • १२ साउन २०८१
  • हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने


    • राष्ट्रसेवक
    •    
    • July 11, 2023

  • काठमाडौँ- ६ मंगलबार भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने भएको छ ।

    मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको नाइनएनए–एमभी कलसाइन भएको हेलिकप्टर लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । उक्त हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ ।

    सोही दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन गरिने संस्कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले जानकारी दिए ।

    मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण समारोहपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हेलिकप्टर दुर्घटनाको अध्ययन गर्न छानबिन समिति बनाउने बताएका हुन् । उनका अनुसार मंगलबार वा बुधबारसम्ममा छानबिन समिति गठन गरिनेछ ।

    सो हेलिकप्टर दुर्घटना हुँदा पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको छ भने एकजना नेपाली क्याप्टेन चेत गुरुङको निधन भएको छ ।

  • ताजा समाचार