काठमाडौँ । सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।
मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेत महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।