राष्ट्रसेवक
  • १२ साउन २०८१
  • लक्ष्मी बस्नेत सचिवमा बढुवा


    • राष्ट्रसेवक
    •    
    • July 11, 2023

  • काठमाडौँ । सरकारले सहसचिव लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।

    मङ्गलवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेत महिला तथा बालबालिका मन्त्रालयमा कार्यरत बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए ।

    लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।

    निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव बस्नेतको नाम मात्रै सिफारिस भएको थियो ।

  • ताजा समाचार