राष्ट्रसेवक
  • १२ साउन २०८१
  • आर्यघाट पुगेर देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली


    • राष्ट्रसेवक
    •    
    • July 12, 2023

  • काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ ।

    अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललले दाहाललाई अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

    उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु, सांसद तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।

    हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा. युवराज शर्माले जानकारी दिए ।

  • ताजा समाचार