राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जातीय विभेदविरुद्ध माइतीघरमा प्रदर्शन


    • राष्ट्रसेवक
    •    
    • July 12, 2023

  • काठमाडौँ-  जातीय विभेदविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । जातीय विभेदका कारण हुने हिंसाजन्य घटना श्रृखलाबद्ध रुपमा बढ्दै गएको भन्दै प्रदर्शन गरिएको हो ।

    जात व्यवस्था उन्मूलन मोर्चा नेपालले जात व्यवस्थाका कारण घटेका श्रृंखलाबद्ध घटनाविरुद्ध बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो ।

    जुम्लामा अन्तरजातीय विवाह गरेको भन्दै घर जलाइएको, दाङमा जातकै कारण डेराबाट निकालिएको लगायतका प्रतिनिधिमूलक घटनाका साथै देशभर भएका जातीय विभेदविरुद्ध खबरदारी गरेको मोर्चाले जनाएको छ ।

    प्रदर्शनमा सहभागीहरुले लडौं जात व्यवस्था विरुद्धको फाइनल म्याच, अपराधीलाई कारवाही गर, मलाई विभेद स्वीकार्य छैन, षडयन्त्रकारी प्रहरी प्रशासन र अदालत मुर्दावादलगायतका नारा लगाएका थिए ।

    उनीहरुले जातीय विभेदका कारण हिंसाजन्य घटनामा पीडितलाई छिटो न्याय र पीडकलाई कडा कारवाही गर्नुपर्ने माग राखेका छन् ।

  • ताजा समाचार