राष्ट्रसेवक
  • १२ साउन २०८१
  • मेयर बालेनद्वारा प्रधानमन्त्री पत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त


    • राष्ट्रसेवक
    •    
    • July 12, 2023

  • काठमाडौँ- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा शोक व्यक्त गर्दै मृतात्माप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

    उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आमा गुमाएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयात्री गुमाएको भन्दै सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    उनले लेखेका छन्, ‘मेयर रेणु दाहालजीले ममतामयी आमा गुमाउनुको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्छु । सम्माननिय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईंले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु । साथै, स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

     

  • ताजा समाचार