राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ८०० रुपैयाँले बढ्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • July 13, 2023

  • काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो ।

    यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको  महासंघले जनाएको छ ।

    बुधबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

    बिहीबार चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १ हजार ४४० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४०० रुपैयाँ किनबेच भएको थियो।

  • ताजा समाचार