राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ट्रक एक आपसमा ठोकिँदा सप्तकोसी नदीमा खस्यो


    • राष्ट्रसेवक
    •    
    • July 14, 2023

  • सुनसरी– पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक सप्तकोसी नदीमा खसेको छ ।

    आज बिहान पौने आठ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक सप्तकोसी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    सप्तकोसीमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको र हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। नदीमा खसेको ट्रक बेपत्ता छ । 

  • ताजा समाचार