राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा


    • राष्ट्रसेवक
    •    
    • July 15, 2023

  • काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन् ।

    शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए हो ।

    उनले सबै समुदायलाई राजनीतिका साथै हरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए । सभापति देउवाले कांग्रेस पनि सबै समुदायको पार्टी भएकाले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राखे । कांग्रेसमा सबै समुदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ । 

    कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरूको जस अरुले लिएको बताए । उनले हरेक वर्ग क्षेत्र समुदायको पहुँचमा देशको आर्थिक उन्नति पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए ।

    त्यस्तै अन्य कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।  

  • ताजा समाचार