राष्ट्रसेवक
  • ०४ साउन २०८१
  • रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु


    • राष्ट्रसेवक
    •    
    • July 16, 2023

  • रोल्पा– जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उनका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

    जंगली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

    उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

  • ताजा समाचार