काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आजका लागि बोलाइएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको छैठौं बैठक सिंहदरवारमा मंगलबार बिहान ११ बजेको लागि बोलाइएको हो ।
बैठकमा समितिले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पठाएको निवेदनको सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची तय भएको छ । सो विषय बाहेक पनि अन्य विविध विषयमा छलफल गरिने संसद सचिवालयले जानकारी गराएको छ ।