राष्ट्रसेवक
  • १७ फागुन २०८०
  • भद्रकुमारी घले सेवा सदनमा महानगरकाे डोजर, अशक्त वृद्धवृद्धा अब कता जाने ?


    • राष्ट्रसेवक
    •    
    • July 19, 2023

  • काठमाडौँ– काठमाडौं महानगरपालिकाले महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर लगाएको छ ।

    सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन आज डोजर चलाएको हो ।

    यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि आज नगरप्रहरीले डोजर चलाएको हो ।

    भद्रकुमारी घले सेवा सदनमा बस्दै आएका असहाय अशक्त वृद्धवृद्धालाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

    सदनले ५ रोपनी १२ आना जग्गामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत सञ्चालन गर्दै आएको थियो ।

  • ताजा समाचार