राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भ्रष्टाचार प्रकरणका दोषीलाई उन्मुक्ति दिइँदैन : गृहमन्त्री श्रेष्ठ


    • राष्ट्रसेवक
    •    
    • July 19, 2023

  • काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार प्रकरणमा तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन्।

    बुधबार काठमाडौंमा आयोजित ‘सुशासन’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा लगायत प्रकरणमा निष्पक्ष अनुसन्धान गर्न प्रशासनलाई निर्देशन दिएको भन्दै तथ्य र प्रमाणका आधारमा दोषी कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारे।

    उनले अहिले व्यक्ति भन्दा पनि तथ्य र प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको जिकिर गरे। त्यस्तै श्रेष्ठले राष्ट्र र जनताबिरुद्ध भएका कामको प्राथमिकताका आधारमा अनुसन्धान अघि बढाइने पनि जानकारी दिए। उनले राजनीतिलाई सफा नगरेसम्म मुलुक परिवर्तन हुन नसक्ने भएकाले राजनीति सफल गर्ने अभियानमा आफू लागेको बताए।

  • ताजा समाचार