राष्ट्रसेवक
  • १२ साउन २०८१
  • त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलबाट झण्डै १०० किलो सुन बरामद, एजेन्टसहित ६ जना पक्राउ


    • राष्ट्रसेवक
    •    
    • July 20, 2023

  •  

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै उच्च झण्डै १०० किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।

    विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान नखुलाइएको प्रहरी स्रोतले जनाएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

    विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए ।

  • ताजा समाचार