राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विमानस्थलबाट बरामद भएको सुन मैले ल्याएको हैन : दीपक मल्होत्रा


    • राष्ट्रसेवक
    •    
    • July 20, 2023

  • काठमाडौँ– व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफूले नल्याएको बताएका हुन् ।

    राजश्व अनुसन्धान विभागले हिजो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् ।

    उनले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।

  • ताजा समाचार