राष्ट्रसेवक
  • १२ साउन २०८१
  • १५५ किलो सुन प्रकरण: थप ६ वटा ठूला कार्टुन फेला


    • राष्ट्रसेवक
    •    
    • July 20, 2023

  • काठमाडौं – राजश्व अनुसन्धान विभागको टोलीले बालुवाटारस्थित चिनियाँ व्यापारीको गोदाममा छापा मारेको छ । त्रिभुवन विमानस्थलबाट भन्सार पास भएर बाहिरिन लागेको एक सय किलोभन्दा बढी सुन विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।

    ट्याक्सीमा बाहिर सुन लैजान लागेको अवसथामा ट्याक्सी चालकसहित विभागको टोलीले नियन्त्रणमा लिएको हो । ट्याक्सी चालकले आफूले बालुवाटारको उक्त लोकेशनमा सुन जैलान भनिएको भन्ने बयान दिएको आधारमा उक्त घरमा छापा मारिएको हो ।

    विभागको टोलीले छापा मार्ने क्रममा थप ६ वटा कार्टुन फेला परेको छ ।

    दिनभर विमानस्थल परिसरमा सुनको खोजी गरिरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशसहितको टोलीले रेडी ट्रेडर्सले नै आयात गरेका थप कार्टुन फेला पारेको हो । सुन आयात भएकै कम्पनीले ल्याएका ती कार्टुनभित्र पनि सुन नै हुन सक्ने आशङ्का विभागको छ ।

    ती कार्टुनहरूलाई अहिले सिलबन्दी गरेर राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाउने तयारी भइरहेको एक अधिकृतले जानकारी दिए

    उक्त बाकसमा सुन भएको वा नभएको भन्ने एकिन भने भएको छैन ।

    उक्त प्रकरणमा अहिलेसम्म छ जना पक्राउ परेका छन् । पक्राउ परेका छ जनालाई १० दिन हिरासतमा राखेर थप अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

  • ताजा समाचार