राष्ट्रसेवक
  • ११ साउन २०८१
  • ८०० रुपैयाँले घट्यो सुनको मूल्य


    • राष्ट्रसेवक
    •    
    • July 21, 2023

  • काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको भाउ ओरालो लागेको छ। शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। बिहीबार प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

    यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो।

  • ताजा समाचार