राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ


    • राष्ट्रसेवक
    •    
    • July 24, 2023

  •  

    काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका छन् ।

    सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा उनले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गरिने बताएका हुन् ।

    नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कन हुन् कि भन्ने आशंका उब्जिएका बेला उनले दोषी देखिएका सबैलाई कानुनी कारबाही गरिने बताए ।

    निष्पक्ष रुपमा अनुसन्धान गर्न आफूले निर्देशन दिएको जानकारी दिएकाले उनले दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने बताए ।

  • ताजा समाचार