राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भ्रष्टाचारविरुद्धको अभियान रोक्नु र मेरो राजीनामा माग्नु स्वाभाविक : गृहमन्त्री श्रेष्ठ


    • राष्ट्रसेवक
    •    
    • July 25, 2023

  • गोरखा– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास गर्नु र मेरो राजीनामा माग्नु अस्वाभाविक नभएको बताएका छन् ।

    मंगलबार गोरखामा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास असफल पार्ने र दोषीलाई कारबाही गरेर छाड्ने बताए ।

    माओवादी केन्द्रका नेतासमेत रहेका उनले आफ्नै पार्टी र सत्ता गठबन्धनभित्र भ्रष्टाचारी हुन सक्ने भएकाले भ्रष्टाचारविरुद्धको अभियान रोक्ने प्रयास हुनु स्वाभाविक भएको बताए ।

    १०० किलो सुन बरामद प्रकरणलाई लिएर सत्ता गठबन्धनकै केही नेताहरूले आफ्नो राजीनामा माग्नुलाई पनि अस्वाभाविक रुपमा नलिएको उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले गठबन्धन सरकार भ्रष्टाचारविरुद्ध र सुशासनको अभियान अगाडि बढाउन र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको बताए ।

  • ताजा समाचार