राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गृहमन्त्री श्रेष्ठले दिएको अभिव्यक्तिप्रति एमाले अध्यक्ष ओलीको गम्भीर आपत्ति


    • राष्ट्रसेवक
    •    
    • July 25, 2023

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका छन् ।

    उनले गृहमन्त्रीको गैर जिम्मेवारीले हद नाघेको उल्लेख गरेका छन् ।

     

    कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि टिप्पणी गरेका हुन् ।

    ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नु भएको छ कि छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन ? यहाँको आउने जानेहरूको निरीक्षण गर्ने काम उहाँको हो कि होइन ? अध्यक्ष ओलीले भने, ‘अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ गृहमन्त्री कोटको गाला र टारको गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । गृहमन्त्रीको क्रियाकलाप गैर जिम्मेवार छ । आफू गृहमन्त्री भएर यस्ता खालका गैर जिम्मेवार कुरा गरेर हिँड्ने ?’

    गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि टार, कोट र ’पार्टीले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए । गृहमन्त्री श्रेष्ठले दिएको यही अभिव्यक्तिप्रति संकेत गर्दै अध्यक्ष ‌ओलीले यत्रो घटना हुँदा गृहमन्त्रीको भूमिका के थियो त्यसमाथि नै आशङ्का गरेका छन् ।

  • ताजा समाचार