राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारीका साथ एमाले संसदीय दलको बैठक बस्दै


    • राष्ट्रसेवक
    •    
    • July 26, 2023

  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ ।

    आज प्रतिनिधिसभा बैठक बस्ने तयारी भइरहेका बेला एमालेले मध्यान्ह १२ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दैछ ।

    प्रतिनिधिसभा बैठकमा पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा छलफ गर्न दलको बैठक बोलाइएको हो । विशेषगरी १०० किलो सुन बरामदबारे पार्टीले उठाउनुपर्ने विषयका सम्बन्धमा बैठकमा छलफल हुने जनाइएको छ ।

    एमालेले सोही प्रहरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्ने तयारी समेत गरेको छ ।

    अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी कुशलतापूवर्क निर्वाह गरेको एमाले नेताहरुले आरोप लगाउँदै आएका छन् ।

  • ताजा समाचार