राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गलत अभिव्यक्ति दिने कार्यक्रम प्रस्तोता र अधिवक्ता भगवती पाण्डेलाई संसद बैठकमा कारबाहीको माग


    • राष्ट्रसेवक
    •    
    • July 26, 2023

  • काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सचेतक सुशीला थिङले तामाङ र अन्य समुदायको संस्कृतिमाथि गलत अभिव्यक्ति दिने कार्यक्रम प्रस्तोता र अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्नुभएको छ ।

    बुधबारको प्रतिनिधिसभाको बैठकमा थिङले एक टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ लगायत अन्य जनजाति समुदायमाथि दिएको गलत अभिव्यक्तिको विषयलाई लिएर कार्यक्रम प्रस्तोता र अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्नुभएको हो ।

    उहाँले नेपाल तामाङ घेदुङले जाहेरी दर्ता गरिसकेको हुँदा कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र अधिवक्ता पाण्डेलाई तत्काल पक्राउ गरि कानूनी कार्यवाहीमा ल्याउन संसद्को ध्यानाकर्षण गराउँनु भएको छ ।

    के कारण मान्छे अपराधमा लाग्छन्, भन्ने प्रश्नमा हाडनाता भित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजु बहिनी बीचमै विवाह हुने यसरी विवाह गर्ने व्यक्ति एकोहोरो हुने र अपराधमा संलग्न हुने भन्ने अभिव्यक्ति निकै गैर जिम्मेवार र तथ्यहीन भएको भन्दै कारवाहीको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    “अधिवक्ता भगवती पाण्डेले दिएको अन्तर्वार्तामा तामाङ मगर लगायत अन्य जाति समुदायको आत्मसम्मानमा चोट पर्ने गरी जुन अभिव्यक्ति दिनुभएको छ, त्यसको घोर आपत्तिजनक भएकाले घोर भत्र्संना गर्न चाहन्छु, मेरो मनमा सुन काण्डभन्दा बढी पोलेको छ ”

    गलत उदाहरण दिएर जाति समुदायको संस्कार संस्कृतिमाथि धावा बोल्ने जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसुर र सजाय ऐन २०६८ र मुलुकी अपराध संहिता २०७४ मर्मविपरीत भएकाले हदै सम्मको कारबाही गर्न माग गर्नुभयो ।

    आफू तामाङ समुदायको प्रतिनिधि भएर प्रतिनिधिसभामा बोलिरहँदा अधिवक्ताको यस्तो अभिव्यक्तिले सारै दुखी बनाएको भन्दै यस्तो गैरजिम्मेवार उदाहरण दिने अधिवक्तालाई हदै सम्मको कार्वाही गर्न माग गर्नुभयो ।

  • ताजा समाचार