राष्ट्रसेवक
  • १२ साउन २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


    • राष्ट्रसेवक
    •    
    • July 30, 2023

  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बिहान उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार संसद् अवरोध हटाउनेलगायत विषयमा नेताहरूबीच छलफल भएको हो ।

    विमानस्थल बाहिरबाट समातिएको सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेको प्रतिनिधि सभा अवरुद्ध गरेको थियो । एमालेको अवरोधका कारण स्थगित प्रतिनिधि सभा भोलि बस्दैछ ।

  • ताजा समाचार