राष्ट्रसेवक
  • ११ फागुन २०८०
  • एक क्विन्टल सुन प्रकरणमा बेल्जिमयका नागरिक पक्राउ


    • राष्ट्रसेवक
    •    
    • July 30, 2023

  • काठमाडौँ– राजस्व अनुसन्धान विभागले एकसय केजी सुन तस्करी प्रकरणमा काठमाडौंको ठमेलबाट एकजनालाई पक्राउ गरेको छ ।

    विभागको टोलीले गएराति ठमेलस्थित भियाना होटलबाट तिब्बती मूलका बेल्जिमय नागरिक दावा छिरिङलाई पक्राउ गरेको छ । होटलबाट विभागको टोलीले केही सामग्रीहरु पनि बरामद गरेको छ।

    छिरिङ यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । यस्तै, विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग उनको संलग्नता रहेको बताइन्छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनमा उनको पनि कनेक्सन देखिएपछि विभागको टोलीले छिरिङलाई पक्राउ गरेको हो।

    योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

  • ताजा समाचार