राष्ट्रसेवक
  • १२ साउन २०८१
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने एमालेको अडान


    • राष्ट्रसेवक
    •    
    • July 31, 2023

  • काठमाडौँ । नेकपा एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

    उनले भने, ‘अध्यक्षज्यूले प्रधानमन्त्रीलाई सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ भन्ने कुरा राख्नुभयो थियो । तर, उहाँबाट स्पष्ट जवाफ आएर समिति गठनको लागि पनि आनाकानी गर्नुभयो ।’

     

    उनले सुन प्रकरणको छिनोफानो नभएसम्म सदन चल्न नसक्ने बताए । विमानस्थल बाहिरबाट ठूलो परिणामको सुन बरामद भएपछि एमालेले गृहमन्त्रीकै संलग्नता भएको आरोप लगाउँदै राजीनामा माग्दै आइरहेको छ । एमालेले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेको छ ।

  • ताजा समाचार