राष्ट्रसेवक
  • १२ साउन २०८१
  • बालिका हत्या आरोपित २५ वर्षपछि पक्राउ


    • राष्ट्रसेवक
    •    
    • July 31, 2023

  • हेटौँडा । बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।

    हेटौंडा उपमहानगरपालिका–११ की ५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेर फरार भएको आरोप लागेका ४५ वर्षीय सोमबहादुर राईलाई प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१४ स्थित ठैबबाट पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय मकवानपुर र वाग्मती प्रदेश प्रहरीको संयुक्त पहलमा पक्राउ परेका राई फरार हुँदा २० वर्षका थिए।

  • ताजा समाचार