राष्ट्रसेवक
  • १२ साउन २०८१
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो,ग्यासको घट्यो


    • राष्ट्रसेवक
    •    
    • August 1, 2023

  • काठमाडौं । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ भने ग्यासको मूल्य घटेको छ ।

    नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

    खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटेको छ । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ ।

    पेट्रोल प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर सात/सात रुपैयाँ बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

    हवाई इन्धनको मूल्य भने हाललाई यथावत् राखिएको छ ।

  • ताजा समाचार