राष्ट्रसेवक
  • १२ साउन २०८१
  • भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो


    • राष्ट्रसेवक
    •    
    • August 2, 2023

  • काठमाडौँ । कोशी प्रदेशमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम प्रभावित भएको छ ।

    हिजो साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त थापाले आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो ।

    तर दलहरुबीच भागबन्डामा कुरा नमिले पछि शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको छ ।

    मुख्यमन्त्री थापाले चार सदस्यीय मन्त्रिपरिषद् बनाउँदै शपथ लिने तयारी गरेका थिए । तीन मन्त्री नियुक्त गर्ने र पछि जिम्मेवारी तोक्ने मुख्यमन्त्री थापाको तयारी थियो ।

    तर, मन्त्रालयको जिम्मेवारी नतोकी बिना विभागीयको हैसियतमा शपथ नलिने गठबन्धनमा आवद्ध दलहरुले अडान लिएपछि शपथको कार्यक्रम पछि सरेको हो ।

    सभामुखबाट हिजो राजीनामा दिएका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

  • ताजा समाचार