राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ


    • राष्ट्रसेवक
    •    
    • August 2, 2023

  • काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् ।

    दुई साताअघि विवादास्पद अभिव्यक्ति दिएको भनेर तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

    पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाएका थिए ।

    उनीहरुले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।

  • ताजा समाचार