राष्ट्रसेवक
  • १२ साउन २०८१
  • सुन प्रकरणमा मेरो कुनै संलग्नता छैन: महरा


    • राष्ट्रसेवक
    •    
    • August 3, 2023

  • काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

    आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेका समाचारप्रति कुनै सत्यता नरहेको र आफू त्यसमा संलग्न नभएको प्रष्ट पारेका हुन् ।

    चिनियाँ व्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन् । उनले सो प्रकरणमा अनुसन्धान गर्न आफूले सघाउने पनि बताएका छन् । 

    उनले लेखेका छन्– ‘केही दिन यता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरी पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहन्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने  प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

    गत पुस १० गते विद्युतीय चुरोटमा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो।

    चिनियाँ नागरिक ली हानसङले ल्याएको तस्करीको सुन छुटाउन महरा र उनका छोरा राहुलले पटकपटक भन्सार अधिकारीहरूलाई दबाब दिएको सार्वजानिक भएको थियो।

     

  • ताजा समाचार