राष्ट्रसेवक
  • १२ साउन २०८१
  • माओवादी केन्द्रीय समिति बैठक सुरु


    • राष्ट्रसेवक
    •    
    • August 3, 2023

  • काठमाडौँ । माओवादी केन्द्रीय समितिको जारी बैठक दोस्रो दिन प्रज्ञाभवन कमलादीमा सुरु भएको छ । बुधबार बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगाठनिक प्रतिवेदनमाथि १८ जना सदस्यहरूले आ-आफ्ना धारणा राखेका थिए ।

    आजको बैठकमा १५० जना सदस्यहरूले बोल्नका लागि नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । सदस्यहरूलाई बोल्नका लागि ५ मिनेटको समय उपलब्ध गराइएको छ ।

     

    बैठकमा अध्यक्षको प्रतिवेदनमा छलफल गर्नुको साथसाथै, समसामायिक राजनीति, विधान सम्मेलन, समाजवादी मोर्चा, कार्यदिशा, कार्यक्रम सम्बन्धमा सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म बस्ने सचिव उपाध्यायले बताए ।

  • ताजा समाचार