राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपाल कपडा तथा सिलाई व्यसायी संघ काठमाडौँले गर्‍यो १० जना व्यवसायीलाई सम्मान


    • राष्ट्रसेवक
    •    
    • August 13, 2023

  • काठमाडौँ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँले शनिबार चावहिलमा आयोजित एक कार्यक्रममा दस जना व्यवसायीलाई सम्मान प्रदान गरेको छ । सर्टिङ सुटिङको क्षेत्रमा लामो समयसम्म काम गरी यस क्षेत्रलाई स्वदेश तथा विदेशमा चिनाउन अतुलनिय योगदान पुर्‍याएकोमा व्यवसायीहरुलाई सम्मान प्रदान गरिएको हो । ‘उहाँहरुलाई त्यो क्षेत्रमा हौसला प्रदान गर्न सम्मान प्रदान गरिएको हो ।’ नेपाल कपडा तथा सिलाई व्यसायी संघ काठमाडौँका अध्यक्ष राज कार्कीले भने ।

    संघले आफ्ना बिझिन्न कार्यक्रमहरुमा सर्टिङ सुटिङको क्षेत्रमा लामो समयसम्म त्रियाशिल उद्यमीहरुलाई सम्मान प्रदान गर्दै आएको हो । शनिबार सम्मानित हुनेहरुमा अनिता उप्रेती (सीप विकास महिला समूह, कपन), कञ्चन सेन हमाल (सिम्रन बुटिक कलेक्सन, दरबारमार्ग), जीवन सोनाम (राष्ट्रिय दौरा सुरुवाल टेलर्स, नारायणटार), तेज बहादुर नेपाली (टप फिटिङ्ग टेलर्स, जोरपाटी), अर्जुन नेपाली (अर्जुन टेलर्स, जोरपाटी), मनोज राउत (शुभकामना टेलर्स, जोरपाटी), मोहम्मद खुर्सेद (न्यु चाँदनि टेलर्स, कपन), मोहम्मद कलिम (कलिम टेलर्स, चावहिल), अनिल कुमार पण्डित (अनलिमिटेड रेडिमेड सर्टिङ सुर्टिङ, चावहिल), प्रतिमा पोखरेल (प्रेरणा लेटिज टेलर्स एण्ड ट्रेनिङ सेन्टर, धुम्बाराहि) रहेका छन् ।

    शनिबार नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौँद्वारा आयोजित ‘व्यवसाय व्यवस्थापन तथा अभिमुखीकरण कार्यक्रम’ मा उद्यमीहरुलाई सम्मान प्रदान गरिएको हो ।

  • ताजा समाचार