राष्ट्रसेवक
  • १२ साउन २०८१
  • विश्व किर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले गराइन् तीजको उपलक्ष्यमा क्लाइम्बिङ


    • राष्ट्रसेवक
    •    
    • September 13, 2023

  • २७ भदौ, काठमाडौं । विश्व किर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई तीजको उपलक्ष्यमा क्लाइम्बिङ गराएकी छिन् । राजधानीको धुम्वाराहीमा रहेको पासाङ लामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले उपत्यकाभित्रका विभिन्न विधाका ब्यक्तिहरुलाई सहभागि गराएकी हुन् । संस्कृति र साहससँगै भन्ने नाराका साथ एकहप्ते तिज ‘अन दी वाल’ कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको हो ।
    महिलाहरुले त्यहाँ रहेको स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ गरेका थिए । साथै तिजको गीतमा नाचेर रमाइलो पनि गरेका थिए । तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एक हप्ते तीज ‘अन दी वाल’ सुरु गरिएको उनले बताइन् । कार्यक्रम अन्तर्गत फरक-फरक दिन फरक-फरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम तय गरिएको छ । माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो ।
    कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रममा सफल महिला समूहका महिला दिदि बहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरुको साथै ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लबहरुका भाईबहिनीहरुले पनि क्लाइम्बिङको अनुभव लिनुका साथै रमाइलो गरेर तिज मनाएका थिए।
    यसरी नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यस कार्यक्रमको नाम नै ‘तिज अन द वाल’ भन्ने गरेको छ । आरोही कल्पना महर्जनले विगत केहि वर्ष देखि नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा यसरी नयाँ पुस्तालाई नेपाली संस्कृतिको महत्व बुझाउँदै सिकाउँदै साहसिक बन्न प्रेरणा दिदै आइरहेको छ ।

  • ताजा समाचार