राष्ट्रसेवक
  • १२ साउन २०८१
  • काठमाडौँ म्यारियट होटेलमा ‘हैदरावादी फुड् फेस्टिबल’


    • राष्ट्रसेवक
    •    
    • September 17, 2023

  • काठमाडौँ । नक्सालस्थित काठमाडौँ म्यारियट होटेलले ‘हैदरावादी फुड् फेस्टिबल’ को आयोजना गरेको छ । भदौ २९ गतेदेखी सूरु भएको यो फेस्टिबल अशोज ७ गतेसम्म चल्नेछ ।

    काठमाडौँ म्यारियट होटेलले चर्चित भारतीय सेफ कामराम खानसँगको सहकार्यमा यो फेस्टिबल आयोजना गरेको हो । म्यारियट हैदरावादमा कार्यरत अनुभवि सेफ खानले थरीथरीका परिकारहरूको स्वाद चखाउँनेछन् । हरेक साँझ साढे ६ बजेदेखी राती १० बजेसम्म अनुभवी सेफ खानले तयार पारेका हैदराबादी बिर्यानी, बिद्री हास हलिम, सब निजामी हाँडी परिकारहरु लगायत डेजर्टका बिभिन्न आइटमहरु चाख्न सकिनेछ ।

    भारतको म्यारियट हैदरावादमा कार्यरत सेफ खान कुलिनरी मास्टरीका लागि चर्चित छन् । म्यारियट काठमाडौँका महाप्रबन्धक विशाल मेहराका अनुसार सेफ खानसँगको यो सहकार्य जिवन्त शहर काठमाडौँका पाहुना तथा उपभोक्ताहरुलाई फरक स्वाद पस्किनु हो । म्यारियटको यो प्याकेज लिनका लागि ४ हजार २ सय रुपैंयाँ खर्चिनु पर्नेछ ।

     

  • ताजा समाचार