राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ६ उपाध्यक्ष र एक युवा उपाध्यक्षका उम्मेदवार सार्वजनिक


    • राष्ट्रसेवक
    •    
    • October 11, 2023

  • काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका ६ जना उपाध्यक्ष र एक युवा उपाध्यक्षले अध्यक्षका प्रत्यासी राजेन्द्रकुमार शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

    बिधान अनुसार ६ जना उपाध्यक्ष र १ जना युवा उपाध्यक्ष रहने व्यवस्था छ । शर्माको टिमबाट ७ उपाध्यक्षले निर्वाचन लड्ने भएका छन् । आरके शर्मा र उनका एजेन्डालाई समर्थन गर्दै उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका मलेसियाबाट हालका सचिव खगेन्द्र न्यौपाने, जापानबाट हालका उपाध्यक्ष रोविन् प्रसाद श्रेष्ठ (गोविन्द), कतारबाट हालका युवा उपाध्यक्ष राजु रेग्मी (राज), जर्मनीबाट विजय मोक्तान, अस्ट्रेलियाबाट अभिमानसिंह बस्नेत, नेदरल्याण्डबाट शशीकान्त पौडेल र युवा उपाध्यक्षमा कतारबाट हालका युवा संयोजक अब्दुल बासिद रहेका छन् ।

    शर्मालाई समर्थन गर्दै सबै क्षेत्रबाट मिलाएर उपाध्यक्षहरु खुलेका छन् । उपाध्यक्षमा सबै क्षेत्र र विचारका उम्मेदवारहरु सहभागी भएका छन् । उपाध्यक्षमा उम्मेदवार सार्वजनिक गरिएका सबै चिर परिचीत अनुहार एनआरएनए अभियानमा वर्षौ बिताएका अभियन्ताहरु रहेका छन् ।

    एनआरएनएको निर्वाचनमा खुल्लातर्फ ६ उपाध्यक्ष र एक युवा उपाध्यक्ष चुनिने व्यवस्था छ । सोमबार ४० देशका गैरआवासीय अभियन्ता भेटेर उनीहरुको साथ समर्थन बटुलेर शर्मा काठमाडौँ आईपुगेका थिए । शर्मालाई गैरआवासीय अभियन्ता तथा समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए ।

    शर्माले गत बुधबार कर्मभूमि कतारबाट २४ महिनामा २४ वटा बाचा सार्वजनिक गर्दै आफनो ऊम्मेदवारी घोषणा गरेका थिए । शर्माले बैदेशिक रोजगारीमा जाने कामदारलाई सामाजिक सुरक्षा कोषको कार्यक्रममा जोड्न जनचेतनामुलक कार्यत्रम सञ्चालन गर्ने, समयसापेक्ष ज्ञान, दक्षता तथा सीपको कमीका कारण न्यून तलबमा काम गर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न नेपाल सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी अविलम्ब आवश्यक प्रशिक्षण कार्यक्रम अगाडि बढाइने जस्ता प्रतिबद्धता उनले आˆनो बाचापत्रमा समेटेका छन् ।

    यस्तै श्रमिकको आर्थिक स्थिति सुधार्नका लागि काम गर्ने योजना पनि शर्माले आˆनो बाचापत्रमा समेटेका छन् । श्रमिक र उनीहरूमा आश्रित परिवारको आर्थिक र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने, सामाजिक सुरक्षा कोषमा हाल कायम रहेका योजनाहरूलाई गैरआवासीय नेपालीमैत्री बनाउन पहल गर्ने शर्माको योजना छ । अहिले देशले प्राप्त गरिरहेको विप्रेषण रकम उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने र बैदेशिक रोजगारको विकल्प खोज्नुपर्ने देखिएको भन्दै शर्माले त्यसका लागि विशेष पहल गर्ने बताएका छन् ।

    यस्तै ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने महत्वकांक्षी योजना पनि शर्माले अघि सारेका छन् । ‘औपचारिक माध्यमबाट विप्रेषण पठाउने व्यक्तिलाई प्रोत्साहन गर्न पठाउने व्यक्तिको नामबाट भित्रिएको रकमको दुई प्रतिशत रकम सरकारले ऊक्त व्यत्तिको नाममा राखिदिने र पठाएको रकमको १० प्रतिशत रकम वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सहमतिमा ‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ मा रहेको भविष्य सुरक्षा खातामा जम्मा गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।

    यसरी जम्मा हुादै र बढ्दै गएको रकममा हरेक वर्ष एक निश्चित प्रतिशत ब्याज प्रदान गर्ने व्यवस्था मिलाउन पनि पहल गरिनेछ’, शर्माको बाचापत्रमा भनिएको छ । यस्तै सांगठनिक पुर्नसंरचना, सबलीकरणयुक्त कार्यसम्पादन, संस्थागत सुशासनमा जोड दिएका शर्माले अनलाइनबाट पञ्जिकृत सदस्यले भोट गर्ने र राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय समन्वय परिषदको निर्वाचन एकै दिन हुने व्यवस्था मिलाउने पनि बाचा गरेका छन् । देशको विकासका लागि आर्थिक कुटनीति र लगानी प्रबर्द्धनको कार्यक्रम सञ्चालन गर्ने, नेपालको बढ्दो व्यापार घाटा कम गर्न हरेक एनसीसीले नेपालको वस्तु निर्यात प्रबर्द्धनका लागि पहल गर्ने कार्यक्रम सञ्चालन गर्ने, विश्वव्यापी मान्यताअनुसार १ सय ८० दिनभन्दा बढी समय नेपाल बाहिर बस्ने नेपालीलाई गैरआवासीय नेपालीको मान्यता दिलाउँन पहल गर्ने, दोस्रो–तेस्रो पुस्ताका गैरआवासीय नेपालीलाई देशसाग जोडिरहन कार्यक्रम ल्याउने, भाषा र संस्कृतिको जगेर्ना गर्न पहल गर्ने लगायतका शर्माले गरेका छन् । शर्मा कतारलाई कर्मभूमि बनाएर व्यवसायमा संलग्न छन् । उनी एनआरएनएको हालका उपाध्यक्ष समेत हुन् ।

    एनआरएनएको एघारौं अधिवेसन यही अक्टोवर १७ देखी २० सम्म हुँदैछ । हालसम्म अध्यक्षमा शर्मासहित महेश श्रेष्ठ, बद्री केसी, रविना थापा र विनय अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । उनीहरुसागै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आगामी महाधिवेसनमा शर्मा र श्रेष्ठबिच प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।

  • ताजा समाचार