राष्ट्रसेवक
  • १२ साउन २०८१
  • अस्ट्रेलियामा ४० लाखको जागिर छोडेर नेपालको पर्यटन प्रवर्द्धन गर्दै ज्याक


    • राष्ट्रसेवक
    •    
    • October 14, 2023

  • काठमाडौं । कैयौं नेपाली युवाहरुका लागि अस्ट्रेलिया सपनाको देश हो । लाखौं खर्च गरेर अस्ट्रेलिया जान मरिहत्ते गर्ने तमाम युवाहरु छन् । आफ्नो सुन्दर भविष्य खोज्न नेपालीहरु अस्ट्रेलियालाई गन्तब्य बनाउँन चाहन्छन् । तर, एक अस्ट्रेलियन युवा ज्याक टोर नेपालको पर्यटन, कला, संस्कृतिलाई प्रवर्द्धन गर्न समर्पित भएका छन् ।

    २४ वर्षिय ज्याक टोर अस्ट्रेलियाको जागिर छाडेर नेपाल आईपुगेका छन् । त्यो पनि एक पटक होईन ६ पटक नेपाल आईसकेका छन् । पेशाले युट्युबर हुन्, ज्याक । उनको युट्युब ज्याक टोर लाई ४० हजार भन्दा धेरैले सब्सक्राइब गरेका छन् । नेपालका बिभिन्न स्थानहरुमा पुगेर उनले पर्यटन, कला, संस्कृति, जात्रा, खानपान र जीवनशैलीका भिडिओहरु बनाईरहेका छन् । उनका भिडिओहरुले लोकप्रियता हासिल गरेका छन् ।
    अस्ट्रेलियन युट्युबर ज्याक टोरले ६ पटक नेपालका बिभिन्न स्थानहरु पुगेर बनाएका भिडिओहरुलाई संसाभर रुचाईएको छ । मार्केटिङमा ब्याचलर्स गरेका ज्याक अस्ट्रेलियामा एक कर्पोरेट अफिसमा काम गर्थे । यात्रा गर्नकै लागि उनले ४० लाख रुपैंयाँको जागिर त्यागेको बताएका छन् । हाल

    युट्युबबाट उनले मासिक १ लाख रुपैंयाँ भन्दा बढी आम्दानी गरिरहेको बताउँछन् । ‘त्यो बेला जम्मा गरेको पैसाले म नेपाल घुमिरहेको छु । अन्य देश पनि यात्रा गरिरहेको छु ।’ ज्याकले भने ‘नेपालका गाउघर घुम्न, नेपाली जीवनशैली बुझ्न एकदम मन पर्छ । दालभात र मोमो एकदमै मनपर्‍यो ।’

    नेपाली पहिरनमा सजिएर ज्याकले ग्रामिण भेगहरुमा पुगेर ज्याकले भिडिओ बनाईरहेका छन् । फर्पिङ र खोटाङ उनलाई एकदमै मन परेका स्थान हुन् । मुस्ताङ पुग्न उनलाई एकदमै रहर छ । सूरुमा नेपालमा ट्रेकिङ गर्न, यहाँको संस्कृतिको अनुभब बटुल्न उनले नेपाल रोजेका थिए । नेपालका हिमाल, संस्कृति र यहाका मानिसहरुको मीठो आतिथ्ताले उनलाई लोभ्याएपछि उनले नेपाल बसाई लोभ्याएका छन् ।

    वर्षमा १ सय ५० दिन मात्र उनले भिसा पाउने गरेका छन् । एक वर्षकै भिसा पाउने हो भने अझ नेपालको पर्यटन, संस्कृति र जीवनशैलीलाई प्रचारप्रसार प्रवर्द्धन गर्न लागि पर्ने उनी बताउँछन् । नेपाली भाषा अलिअलि बोल्ने उनले छिटै नै नेपाली भाषाको युट्युब च्यानल सूरु गर्ने तयारी पनि गरिरहेका छन् । विश्वका एक दर्जन बढी मुलुकको यात्रा गरिसकेका उनलाई भुटान, जापान सरकारको निमन्त्रणा घुमिसकेका छन् । बिभिन्न देशले निम्तो दिएपनि उनले नेपाललाई विशेष माया गर्छन् ।

     

     

  • ताजा समाचार