राष्ट्रसेवक
  • १२ साउन २०८१
  • एनआरएनए चुनावमा सुनिल साहले गरे उपाध्यक्षमा उम्मेद्वारी दर्ता


    • राष्ट्रसेवक
    •    
    • October 17, 2023

  • काठमाडौं: गैर आवासीय नेपाली संघको उपाध्यक्षमा सुनील साहले उम्मेदवारी दर्ता गर्नु भएको छ । अमेरिकानिवासी साहले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको हो । साहले महेश श्रेष्ठ टिममा उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो प्रस्तावक नेपाली जनसंपर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट , एनआरएनए उपमहासचिव नारायण काफ्ले थिए भनें उनको समर्थनमा एनआरएनए एनसीसी इटालीका अध्यक्ष भवेश सिंह र एनआरएनए एनसीसी ओमानका अध्यक्ष विकल झा रहनुभएको थियो।

    सरल , इमान्दार मिलनसार ब्यक्तित्वको छवि बनाएका साहले उमेद्वारी दर्तासँगै उनको चर्चा चुलिएको छ उनी अमेरिकाको मात्र नभई विश्वभरनै उनको कामले चर्चित छन्।

    एनआरएनए आइसिसीको वर्तमान कोषाध्यक्ष तथा एनसिसी अमेरिकाका पूर्व अध्यक्ष साहले उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिनुहुँदै एनआरएनको एजेन्डा नै आफ्नो एजेन्डा भएको स्पष्ट पार्नुभयो ।

    साहले डेलिगेट्स भनेको एक जना ब्यक्ती मात्र नभई अन्य ब्यक्तीको पनि प्रतिनिधित्व गर्ने भन्दै संस्थालाई राम्रो गर्न सक्ने र योग्य ब्यक्तीहरुलाई जिताउन आग्रह गर्नुभयो।

    जनकपुरमा जन्मनु भएको साह पेसाले इन्जिनियर हुनुहुन्छ । एनआरएनए अमेरिकामा २०१५–१७ मा सल्लाहकार, सन् २०१७ मा बरिष्ठ उपाध्यक्ष हुँदै २०१९ देखि २०२१ कार्यकालमा एनआरएनए एनसीसी अमेरिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०२१ देखि केन्द्रीय कोषाध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।

    कोषाध्यक्ष हुँदा उहाँले संस्थामा आर्थिक पारदर्शितामा कायम गर्न सफल हुनु भयो भने प्रत्येक महिनामा आम्दानी र खर्च सार्वजनीक गर्ने परिपाटीको शूरुवात समेत गर्नुभयो । मधेश प्रदेशमा मोबाइल ब्लड बैंक बस परियोजनाको संयोजक रहनु भएको साहले ब्लड बसको लागि आवश्यक रकम संकलन गरि अहिले बस खरिद गर्ने तयारीमा हुनुुहन्छ । अब छिट्टै बस हस्तान्तरण गर्ने योजना छ । उहाँले सामाजीक कार्यमा यी र यस्तै महत्वपूर्ण कार्य गर्दै आउनु भएको छ ।

  • ताजा समाचार