राष्ट्रसेवक
  • १२ साउन २०८१
  • ग्यास विक्रेता संघ काठमाडौँले गर्‍यो क्षेत्रीय भेला तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रम


    • राष्ट्रसेवक
    •    
    • October 18, 2023

  • काठमाडौँ । ग्यास विक्रेता संघ काठमाडौँले क्षेत्रीय भेला तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । संघका काठमाडौँ अध्यक्ष शेषकान्त भण्डारीको सभापतित्वमा क्षेत्रिय भेला कार्यक्रम सम्पन्न भएको हो ।

    ऊक्त कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष विष्णु प्रसाद दुलाल, सल्लाहकार सदस्य लगायत ग्यास विक्रेताहरुको सहभागिता रहेको थियो । विशेषगरी जनचेतनामुलक कार्यक्रम, संगठन बिस्तार लगायत ग्यास विक्रेताका हक हितका विषयमा उक्त भेलामा छलफल गरिएको थियो । आगामि दिनमा संगठनका कामहरुलाई अझ प्रभावकारी बनाउँदै लैजाने कुरामा ग्यास विक्रेता संघ काठमाडौँका अध्यक्ष शेषकान्त भण्डारीले बताए । ‘यदाकदा ग्यास सिलिन्डरको सही प्रयोग गर्न नजानेर दुर्घटनाहरु हुने गरेका छन् । सर्वसाधारणहरुमाझ यसबारे जनचेतना जगाउनु एकदमै आवश्यक छ ।’ अध्यक्ष भण्डारीले भने ‘आगामि दिनमा हामीले यस्ता कार्यक्रमलाई बृहत रुपमा आयोजना गर्नुपर्छ ।’

    क्षेत्रीय भेला तथा दसैं शुभकामना आदानप्रदान कार्यक्रममा संघ तथा महासंघका बिभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

  • ताजा समाचार