राष्ट्रसेवक
  • १२ साउन २०८१
  • राष्ट्रपतिसँग प्रदेश सभामुख र उपसभामुखको बिदाइ भेट


    • राष्ट्रसेवक
    •    
    • September 13, 2022

  • काठमाडौँ, २८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रदेशसभाका सभामुख र उपसभामुखले बिदाइ भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले उहाँहरुलाई सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रको सेवालाई गुणस्तरीय तुल्याउने कार्यमा सहयोग पु¥याउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “राज्यको ढुकुटीको ठूलो हिस्सा सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रमा जान्छ, त्यसको निगरानी गर्न र जनतालाई गुणस्तरीय सेवा दिनेलगायतका सामाजिक कार्यमा लाग्नुस् ।”

    राष्ट्रपति भण्डारीले जनप्रतिनिधिका रूपमा काम गर्ने अवसर प्रदान गर्ने दल र आममतदातालाई धन्यवाद ज्ञापन गर्न सल्लाह दिँदै पुनः जिम्मेवारी प्राप्त गर्ने वा के गर्ने भन्नेमा चिन्ता नलिई ढुक्कका साथ सामाजिक काममा सक्रिय हुन सुझाव दिनुभयो । सो अवसरमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँकै संयोजनमा काठमाडौँमा आयोजित स्वास्थ्य सतर्कतासम्बन्धी कार्यक्रम तथा प्रदेश सभामुख र उपसभामुखले प्रदेश नं १ को आयोजनामा धनकुटामा भएको आफ्नो कार्यकालको समीक्षाको निष्र्कष प्रस्तुत गर्नुभयो । उहाँहरुले प्रदेशको अभ्यास नयाँ संरचना भए पनि विविध चुनौतीका बीच सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको बताउनुभएको राष्ट्रियसभा सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो ।

    बिदाइ भेट गर्न पाँच प्रदेशका सभामुख र उपसभामुख तथा लुम्बिनी प्रदेशका उपसभामुख शीतल निवास पुग्नुभएको हो । उक्त बिदाइ कार्यक्रममा मधेस प्रदेशका सभामुख र उपसभामुख भने उपस्थित हुनुहुन्थेन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते घोषणा भइसकेको र आगामी असोज १ गतेदेखि कार्यकाल समाप्त हुन लागेका बेला उहाँहरुले राष्ट्रपतिसँग बिदाइ भेट गर्नुभएको हो ।

  • ताजा समाचार