राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपालमा शरणार्थी समस्या र समाधान


    • राष्ट्रसेवक
    •    
    • September 16, 2022

  • रामजी घिमिरे, शाखा अधिकृत

     शरणार्थी (Refugee)

     सामाजिक, राजनैतिक, सांस्कृतिक, धार्मिक कलह, आन्तरिक द्वन्द्व, युद्ध लगायतका कारणले आफ्नो देशमा बस्न नसकि अर्काको देशमा शरण लिएर बसेको व्यक्ति वा समूहलाई शरणार्थी भनिन्छ । त्यसैगरी देशहरुबीच आपसी युद्धको कारणले सुरक्षा खतरामा पर्ने वा आर्थिक सामाजिक जोखिमका कारणले देश छोडी अरु देशमा शरण लिने मानिसहरु पनि शरणार्थी हुन् ।

    A refugee is a person who is outside his or her country of origin or habitual residence because they have suffered persecution on account of race, religion, nationality, political opinion or because they are a member of a persecuted social group or because they are fleeing a war or natural disaster. – Oxford dictionary.

    त्यसैगरी UN convention to the status of refugee, 1951 (Geneva convention) अर्थात अन्तराष्ट्रिय अभिसन्धीले शरणार्थी हुन निम्न चारवटा अवस्था विद्यमान हुनुपर्ने कुरा उल्लेख गरेको छ

    मानिसहरु आफ्नो उत्पत्तिको देशभन्दा बाहिर हुनुपर्ने

    तिनीहरु स्वदेशमा फर्किने वातावरण नभएको अथवा आफै उक्त वातावरण नभएकोले भनी फर्कन नचाहनेको र त्यसको कारणमा संरक्षणको अभाव भएको हुनुपर्ने।

    फर्किन चाहेमा पनि कारवाहीमा परिन्छ भन्ने डरबाट प्रभावित भएको ।

    कारबाहीमा पर्ने डरका कारणहरु जात, धर्म, राष्ट्रियता वा कुनै एउटा सामाजिक समूहको सदस्य भएको कारणले र राजनैतिक विचारधाराको कारणले भएको हुनुपर्ने

    शरणार्थी समस्या एउटा विश्वव्यापी समस्या हो। विशेषत दोस्रो विश्वयुद्ध पश्चात चर्चा हुन थालेको विषय हो। दोस्रो विश्वयुद्ध ताका मानिसहरु विस्थापित र शरणार्थी भएका थिए। यसका विश्वव्यापी समाधान खोजिनु आवश्यक भएकोले सन् १९५१ मा दोस्रो विश्वयुद्धका कारण शरणार्थी बनेकाहरुको सहयोगका लागि संयुक्त राष्ट्र संघीय शरणार्थी आयोग (UNHCR) को स्थापना भएको थियो।

     

    नेपालमा शरणार्थी

    नेपालमा विशेषत: अन्य देश बाहेक भुटानी र तिब्बती शरणार्थीहरुको संख्या अधिक रहेको छ।

    क) भुटानी शरणार्थी

    सन् १९९० मा भएको भुटानी तत्कालीन सरकारले नेपाली मूलका करिव एक लाख मानिसहरुलाई राष्ट्रियता विरोधी भएको आरोप लगाउदै देश निकाला गर्यो । ती मानिसहरु नेपालमा शरण लिई नेपालको झापा र मोरङ्ग जिल्लामा आई करिब १ लाखको संख्यामा बसोवास गरेका थिए भुटानी शरणार्थीलाई स्वदेश फर्काउने प्रयास असफल भए पश्चात UNHCR को पहलमा विभिन्न ८ देशमा स्थानान्तरण भएका छन्। २००० सालबाट सुरु भएको कार्यक्रमबाट १ लाख ७ हजारको संख्यामा भुटानी शरणार्थीहरु स्थानान्तरण भएका छन्।

    ख) तिब्बती शरणार्थी

    सन् १९६० को दशकदेखि नै स्वतन्त्र तिब्वतको माग गरिरहेका धार्मिक नेता दलाई लामाका समर्थकहरु शरणार्थीको रुपमा नेपाल प्रवेश गर्न थाले। UNHCR लगायतका विभिन्न अन्तराष्ट्रिय संस्थाहरुको सहयोगमा तिब्बती शरणार्थीहरुलाई विभिन्न स्थानमा व्यवस्थापन गरिएको छ। वि.सं. २०६८ को जनगणनाले नेपालमा रहेको तिब्वती शरणार्थीको संख्या १२,५४७ रहेको देखाएको छ।

    शरणार्थीका असरहरु

    शरणार्थी नेपालजस्तो कमजोर र अल्पविकसित देशको लागि ठूलो र गम्भीर समस्या हो। यसका नकारात्मक पक्ष बढी हुन्छन्। यस क्षेत्रभित्र सकारात्मकताको खोजी गर्दा शरणार्थीहरु शरण दिने मुलुकमा देशायका असर परेको देखिन्छन् :

    सकारात्मक असरहरु

    • बजारको विस्तार
    • न्यून ज्यालामा काम गर्ने श्रमिकको उपलब्धता
    • नयाँ ज्ञान, सीप र प्रविधि भित्रिन्छन्
    • देशको विकास र निर्माणमा टेवा
    • देशका लागि श्रम शक्ति प्राप्त
    • संस्कृतिको आदान प्रदान

     

    नकारात्मक असरहरु

    • राज्यलाई थप दायित्व र भार
    • रोजगारीका अवसरमा चाप
    • सांस्कृतिक विचलनको समस्या
    • अभाव, भोकमरी र गरिवीको चपेटा सिर्जना हुन सक्ने
    • अपराधिक क्रियाकलापमा बढोत्तरीको खतरा
    • शान्ति सुव्यवस्थामा चुनौती सिर्जना हुन सक्ने।

     

    नेपालमा शरणार्थी समस्या समाधान गर्ने उपायहरु

    • शरणार्थीहरुलाई आफ्नै देशमा फर्किई वस्ने वातावरण सिर्जना गर्न द्विदेशीय, क्षेत्रीय र अन्तराष्ट्रिय प्रयासहरुलाई अझै घनिभूत बनाउने।
    • सम्बन्धित देशमा पुर्नस्थापना गर्न नसकिएको अवस्थामा तेस्रो मुलुकमा पुर्नस्थापनाको विकल्प अघि सार्ने ।
    • शरणार्थी समस्याको साझा समाधानका लागि समन्वय, सांझेदारी र सहकार्यमा जोड दिने
    • UNHCR जस्ता संस्था मार्फत समस्या समाधानका लागि उपायहरुको खोजी र अवलम्बन गर्ने,
    • मानवता र मानव अधिकारको संरक्षणमा सबै पक्षलाई गोलबद्द बनाउने

     

     

     

     

     

     

     

     

     

     

  • ताजा समाचार