राष्ट्रसेवक
  • १२ साउन २०८१
  • नेपालमा शहरीकरणका समस्या र समाधान


    • राष्ट्रसेवक
    •    
    • September 17, 2022

  • केदारप्रसाद खतिवडा

    शाखा अधिकृत, नेपाल सरकार

    कुनैपनि ग्रामीण वस्ती क्रमश  विकास भई शहर बन्ने प्रकृया शहरीकरण  हो । शहर ब्यवस्थित ढंगले विकास भयो भने त्यो ब्यवस्थित शहरीकरण हुन्छ भने अव्यवस्थित किसिमले शहरको विकास हुने अवस्थालाई अव्यवस्थित शहरीकरण भनिन्छ। सामान्य अर्थमा शहर परिकृष्त तथा शिष्ट समाज  हो ।

    जनसंख्याको विस्तार, सेवा सुविधामा बृद्दी, कृषिमुखी अर्थतन्त्रबाट औधोगिक अर्थतन्त्रतिरको यात्रा, ढलनिकासको उचित ब्यवस्था, ब्यवस्थित वसोवास विकास, आधुनिकता र योजनावद्ध प्रयासबाट विस्तारित र विकसित आधुनिक किसिमको समाज बन्ने प्रकृया हो यो । मानिसका मूल्य, मान्यता, जीवनशैली सँगसँगै सहरी क्षेत्रमा बस्ने जनसंख्याको अनुपात तथा सहरी क्षेत्रफल, सुविधा, आदिमा हुने वृद्धि समेतको सामुहिक प्रक्रियालाई सहरीकरणले बुझाउँछ। शहरीकरणका प्रक्रियाहरु सामान्यतया देहायबमोजिम हुन्छन्:

     

    • कृषि क्रियाकलापहरु, औधोगिक र सेवाजन्य कृयाकलापबामट क्रमश विस्थापन
    • पातलो छरिएर रहेको ग्रामीण स्वरुपको वस्तीबाट घना सहरी बस्तीमा परिवर्तन
    • अन्धविश्वास र पुरानो सोचबाट क्रमश: नविन र प्रगतिशिल सोचतर्फको यात्रा
    • संयुक्त परिवार, कमजोर साक्षरतायुक्त समाजबाट क्रमश एकल परिवार र शिक्षित र चेतनशिल समाजतर्फको यात्रा
    • सामाजिक सोच,सामाजिक प्रथामिकता, सामाजिक मूल्य र मान्यता हरुमा क्रमश रुपान्तरण
    • प्राचिन किसिमका औजार र मेशिन हरुलाई आधुनिक र अत्याधुनिक प्रकृतिका मेशिन उपकरणबाट विस्थापन

     

    ब्यवस्थित शहरीकरणका लागी

    • शहरी विकास सम्बन्धी उचित नीति, कानून, मापदण्ड निर्माण र कार्यान्वयन गर्ने
    • आधुनिक र ब्यवस्थित बस्ती विकास, सामाजिक साँस्कृतिक मूल्यको संरक्षण सहितको शहरी विकास र आवास विकास सम्बन्धी नीति, कानून, मापदण्ड निर्माण र कार्यन्वयन
    • मौलिकता सुहाउँदो राष्ट्रिय भवन संहिता निर्माण कार्यन्वयन र पालना
    • पर्याप्त राष्ट्रिय सहरी पूर्वाधार विकास, मौलिक ढाँचामा सरकारी आवास, भवन निर्माण तथा मर्मत संभार
    • खानेपानी तथा ढलनिकाशको उचित प्रबन्ध
    • वातावरणमैत्री र दिगो विकासमा आधारीत शहरी संरचना निर्माण र ब्यवस्थापन
    • भौतिक पुर्वाधारको साथसाथै उच्च कोटिको सामाजिक पुर्वाधारको विकास
    • सामाजिक न्याय र समानतामा आधारित सौहार्दपुर्ण समाज निर्माण
    • विशिष्ट सहरी संरचना निर्माण र संरक्षण
    • राष्ट्रियस्तरको पार्क, मनोरञ्जन स्थलको विकास र संरक्षण

    नेपालको सहरीकरणको अवस्था

    नेपालमा सहरी जनसंख्या वृद्धि हुँदै गएको अवस्था छ। विगत ६० वर्षमा नेपालको सहरी जनसंख्या ३.६ बाट बढेर ६६.०८ प्रतिशत पुगेको छ।

    विभिन्न जनगणना वर्ष र सहरी जनसंख्या प्रतिशत

    जनगणना वर्ष (वि.सं.) सहरी जनसंख्या प्रतिशत
    २०१८ ३.६
    २०२८
    २०३८ ६.४
    २०४८ ९.२
    २०५८ १३.९
    २०६८ ६३.१९ (संघीय संरचना पछि समायोजित)
    २०७८ ६६.०८

     

    नेपालमा सहरीकरणको समस्या

    नेपालमा सहरीक्षेत्र धेरै समस्यामा अल्झिएका छन्। सहरी क्षेत्रमा जनसंख्या वृद्धि, अव्यवस्थित बसोवास, साँघुरा सडकहरुमा सवारी साधन प्रयोगकताको चापले सिर्जना गरेका विकराल ट्राफिक समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, खानेपानीको समस्या, ऊर्जा सङ्कट खाद्यान्न समस्या, पेट्रोलियम पदार्थ लगायतका आधारभूत जीवननिर्वाहका वस्तुहरुको नियमित आपूर्तिको अभाव, शान्ति सुरक्षाको अभावमा अपहरण, हत्या, चोरी, डकैती, लुटपाट जस्ता अपराधिक घटनामा अत्यधिक वृद्धि, प्रभावकारी सरकारी नियमन र अनुगमनको अभावमा उपभोक्ता ठगीमा परेका लगायतका अनेक समस्याहरुबाट नेपालको सहरी क्षेत्र ग्रसित छ। यसै पृष्ठभूमिमा रहेर नेपालको सहरी क्षेत्रका समस्याहरु निम्नानुसार उल्लेख गर्न सकिन्छ:

    • सेवा सुविधाको बढ्दो आवश्यकता र माग अनुरुप सहरी विकासमा खर्च बढाउन नसक्नु।
    • सहरी क्षेत्रको व्यवस्थापन गर्ने जटिल कार्यका लागि पर्याप्त विशेषज्ञता एवं सीपयुक्त दक्ष जनशक्तिको कमी हुनु।

     

    • सहरी क्षेत्रको विकासमा क्रियाशील सेवा प्रदायक र निकायहरुबीच सहकार्य र समन्वयलाई स्थापित गर्ने सरकारी कानुनी तथा सहजीकरण संयन्त्रको अभाव हुनु।
    • सहरी योजना, बजेट व्यवस्था, लगानी र निर्णय निर्माणका पक्षमा कमैमात्र ख्याल र समय दिने गरिनु ।
    • भूमिको प्रयोग र व्यवस्थापनको लागि उपयुक्त एवं प्रभावकारी नीतिहरुको कमी हुनु ।
    • सहरी विकासको स्पष्ट वैज्ञानिक, नीति, योजना र कार्यक्रमको तर्जुमा र प्रभावकारी कार्यान्वयन नहुनु।
    • सहरी विकाससँग सम्बन्धित संस्थाहरुको कार्यक्षेत्रमा दोहोरोपना रहनु ।
    • वैज्ञानिक भूउपयोग नीति र दीर्घकालीन विकास योजनाको अभाव
    • शहरको अवैज्ञानिक परिभाषा र वर्गीकरण गरिनु ।

     

    समस्या समाधानका उपायहरु

    • सन्तुलित र समानुपातिक विकासमा जोड दिई ग्रामीण र दुर्गम क्षेत्रमा पूर्वाधारहरुको विकास गर्ने।
    • वैज्ञानिक भू-उपयोग नीति र दीर्घकालीन सहरी विकास योजनाको तर्जुमा
    • सहरी क्षेत्रको विकास र व्यवस्थापनका लागि पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापन गर्ने।
    • भूमिको प्रयोग र व्यवस्थापनका लागि उपयुक्त एवं प्रभावकारी नीतिको तर्जुमा एवं कार्यान्वयन ।
    • कृषिमा आधुनिकीकरण, व्यवसायीकरण तथा यान्त्रिकीकरणका लागि ग्रामीण क्षेत्रमा तालिम, सीप विकासका योजनाहरु लागु गर्ने
    • सहरमा बसोवासका लागि ठोस मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने।
    • सहरतर्फ हुने बसाईसराई नियन्त्रण गर्न आर्थिक क्रियाकलापलाई ग्रामीण क्षेत्रमा पुर्याउने ।
    • सहरी विकासको गुरुयोजनालाई कार्यान्वयन गरी सोही अनुरूप सहर विस्तार गर्ने।

     

     

     

     

  • ताजा समाचार