राष्ट्रसेवक
  • १२ साउन २०८१
  • जापान समुद्री आँधीः शक्तिशाली टाइफून नान्मादोलका कारण बाढी र पहिरोको प्रकोप


    • राष्ट्रसेवकराष्ट्रसेवक
    •    
    • September 20, 2022

  • जापानमा उद्धारकर्ताहरूले शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन्।

    टाइफून नान्मादोल नाम दिइएको उक्त समुद्री आँधी जापानको दक्षिणी टापु क्युशुमा आइतवार बिहान बज्रिएपछि तीव्र गतिमा अघि बढिरहेको छ।

    उक्त समुद्री आँधीका कारण अहिलेसम्म क्युशुमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी मानिस घाइते भएका छन्।

    यसअघि टाइफून नान्मादोलको प्रकोपबाट जोगिन ९० लाख मानिसलाई सुरक्षित स्थानमा जान भनिएको थियो। अझै साढे तीन लाख घरमा विद्युत् आपूर्ति छैन।

    यातायात अवरुद्ध

    उक्त शक्तिशाली समुद्री आँधीका कारण २३४ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चलेको छ। हावाहुरीका कारण घरहरूमा क्षति पुगेको छ र यातायात अवरुद्ध भएको छ।

    यो समुद्री आँधीलाई चौथो वा पाँचौ वर्गको हरिकन जत्तिकै शक्तिशाली मानिएको छ।